काठमाडौँ । आइतबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा पहिलो दिनै प्रश्नपत्र बाहिरिएको हल्ला चलेपछि राष्ट्रिय परीक्षा बोर्डले त्यसको खण्डन गरेको छ । बोर्डले एक प्रेस विज्ञप्ति जारी गर्दै आज सञ्चालित अनिवार्य अङ्ग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु हुन अगावै निश्चित विद्यालयका विद्यार्थीहरूले प्राप्त गरेको भनी सामाजिक सञ्जालमा राखिएको सूचना भ्रामक र गलत भएको जनाएको छ ।
साथै परीक्षाजस्तो संवेदनशील विषयमा सामाजिक सञ्जालमा पुराना र प्रयोग भइसकेका प्रश्नपत्र राखी भ्रम सिर्जना गर्नेमाथि कानुनी कारबाही गर्न बोर्डले सम्बन्धित निकायमा सूचनासमेत पठाएको जनाएको छ ।
सामाजिक सञ्जालमा सम्प्रेषण भएका यस प्रकारका गलत सूचनामा विश्वास नगर्न र आगामी दिनमा पनि यस्ता भ्रामक सूचनाको विश्वास नगरी आफ्नो अध्ययन कार्यलाई निरन्तरता दिन पनि बोर्डले अनुरोध गरेको छ ।साथै विषयवस्तुको आधिकारिता पुष्टि नगरी यस्ता विषयहरू सामाजिक सञ्जालमा नराख्नसमेत भनिएको छ ।
आइतबार बिहान भक्तपुर सूर्यविनायक नगरपालिकास्थित केही परीक्षाकेन्द्रमा प्रश्नपत्र बाहिरिएको हल्ला चलेपछि बोर्डले यसबारे प्रेस विज्ञप्ति निकालेर खण्डन गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ बैशाख २०८२, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरवारमा शिक्षा समितिको बैठक सुरु
एसइईको पूरक परीक्षा तालिका सार्वजनिक
एसईई नतिजा प्रकाशनबारे परीक्षा बोर्डको बैठक जारी
एसईई नतिजा प्रकाशनको अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड
कर्मचारी परिचालन गरेर कक्षा १२ को परीक्षा गर्ने निर्णय भएको थिएन : राष्ट्रिय परीक्षा बोर्ड
१२ को परीक्षा सरेको छैन, हल्लाको पछि नलाग्नू: राष्ट्रिय परीक्षा बोर्ड