काठमाडौं । स्टाफ कलेज कोर्सले नेपाल प्रहरीको नेतृत्व निर्माणमा राम्रो भूमिका खेल्ने गृहमन्त्री रमेश लेखकले बताएका छन् ।आइतबार पुलिस क्लब भृटुकटीमण्डमा स्टाफ कलेज कोर्सको उद्घाटन गर्दै मन्त्री लेखकले उक्त विषय उल्लेख गरेका हुन् ।
‘स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निमार्ण गर्नका लागि भूमिका खेल्न सफल हुनेछ भन्ने विश्वास लिएको छ । यसको सफलताको शुभकामना छ । यो कोर्स लागू भएपछि ठूलो सकारात्मक परिवर्तन हुनेछ । यो आजको भोलि नै हुने कुरा होइन ५, १० वर्ष कुर्नु पर्ला’ मन्त्री लेखकले भने ।
स्टाफ कलेज लागु गर्ने विषयमा लामो मेहनत भएको बताउँदै यसअघि गृहको कमाण्ड गरेका मन्त्री तथा प्रहरी प्रमुख र नेतृत्वदायी भूमिका खेल्नेहरु सबैलाई मन्त्री लेखकले धन्यवाद ज्ञापन गरे ।
प्रहरीको इतिहासमा पहिलो पटक स्टाफ कलेस कोर्स लागु गरिएको छ । २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएको ब्याचबाट यो कोर्स लागु गरिएको छ । जसमा पहिलो पटक स्टाफ कलेजको परीक्षामा १७ जना उत्तिर्ण भएका छन् । अब उनीहरु स्टाफ कलेज कोर्सको रुपमा अध्ययन गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ बैशाख २०८२, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृहमन्त्री लेखक
नेपाल प्रहरीलाई आगामी वर्ष तलब, पोसाक र रासनमा कमी हुँदैन : गृहमन्त्री लेखक
गोताखोर बेपत्ता घटना बुझ्न गृहमन्त्री हल्चोकमा
गैरआवासीय नेपालीको माग सम्बोधन गर्न बेग्लै विधेयक आवश्यक पर्छ : गृहमन्त्री लेखक
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक
गृहमन्त्री लेखकलाई संसदमा बोल्न दिने माओवादीको संकेत