बैंकक । दक्षिणी थाइल्यान्डमा विद्रोहीबाट प्रभावित एक बन्दुकधारीले एक बालकसहित तीन जनाको हत्या गरेको अधिकारीहरूले शनिबार बताएका छन् ।
अधिकारीका अनुसार लामो विद्रोहबाट प्रभावित थाइल्यान्डको नरथिवाट प्रान्तको टाक बाई जिल्लाको आवासीय क्षेत्रमा शुक्रबार राति आक्रमणकारीले गोली चलाउँदा नौ वर्षीया बालिका र एक जना वृद्धासहित तीन जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
एकजना पीडितको घटनास्थलमै मृत्यु भएको र अन्य दुईको जना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी अधिकारी वाताना थुरारतलेलाई उदृत गर्दै एएफपीले जनाएको छ । आक्रमणकारी विद्रोही समूहसँग सम्बन्धित रहेको आशङ्का प्रहरीले गरेको वाताउनाले बताएका छन् ।
थाइल्याण्डको दक्षिणका नाराथिवत, पट्टानी र याला प्रान्तमा धार्मिक पृथकतावादीहरूले सन् २००४ पछि अहिलेसम्म सात हजार भन्दा बढी मानिसको हत्या गरेको जनाएका छन् ।सन् २००४ मा थाई सुरक्षा बलले टाक बाईको प्रहरी चौकी बाहिर प्रदर्शनकारीहरूको भिडमा गोली हान्दा सात जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० बैशाख २०८२, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थाइल्यान्डद्वारा कम्बोडियामाथि हवाई आक्रमण सुरु
थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन शाही अपमानको मुद्दामा निर्दोष
थाइल्यान्डमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु
थाइल्यान्डसँग युद्धविराम गर्ने कम्बोडियाको चाहना
थाइल्यान्ड-कम्बोडिया सैन्य झडपमा १२ जनाको मृत्यु
थाइल्यान्डका प्रधानमन्त्री सिनावात्रा निलम्बित