काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गरेकी छन् । शनिबार काठमाडौँमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री राणाले राजनीति गर्ने ठाउँ फरक रहेको भन्दै एनआरएनए संस्था राजनीति गर्ने ठाउँ नभएको जिकिर गरेकी हुन् ।
उनले एनआरएनएमा रहेर देश समृद्ध बनाउन सहयोग गर्नुपर्ने बताइन् । परराष्ट्रमन्त्री डा. राणाले भनिन्, ‘यहाँ आएर राजनीति नगरिदिनुस् । यहाँ आएर देशलाई समृद्ध बनाउन तपाईँहरूले सहयोग गरिदिनुस् ।
हामी राजनीति गर्नेलाई त्यत्ति धेरै समृद्धि कसरी गर्ने भनेर थाहा छैन । तपाईँहरू त कहीँ लेबर गरेर पनि गर्नुभएको छ । एउटै जेनेरेसनभित्र तपाईँहरूले कति ठुलो फड्को मारेर आफ्नो सन्तान, समाज, गाउँ, समुदायलाई अगाडि बढाउनुभएको छ ।’
परराष्ट्रमन्त्री डा. राणाले गैरआवासीय नेपालीहरू आफ्नो परिवार, समाज, गाउँ र समुदाय विकास गर्ने महत्त्वपूर्ण माध्यम रहेको उल्लेख गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० बैशाख २०८२, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शान्ति प्रक्रियाका बाँकी काम तदारुकताका साथ अघि बढेको छ : परराष्ट्रमन्त्री राणा
नेपालले मौसमी सङ्कटको सामना गरिरहेको छ : परराष्ट्रमन्त्री
१९ दिनपछि आज स्वदेश फर्किँदै परराष्ट्र मन्त्री राणा
‘एलडीसी’लाई दिने सहयोग बढाउन जी–२० राष्ट्रहरूलाई परराष्ट्रमन्त्री राणाको आग्रह
म प्रधानमन्त्री बन्ने लाइनमा छैन : परराष्ट्रमन्त्री राणा