काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र संरक्षणमा संवेदनशील हुन सरकारलाई आग्रह गरेको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोगले आज एक विज्ञप्ति निकालेर संविधान तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानूनले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्न आग्रह गरेको हो ।
आयोगले पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न सरकार लगायत सम्बद्ध सबैमा आग्रह गरेको छ । गत चैत १५ गते समाचार संकलनका क्रममा तीनकुनेमा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको र शिक्षक आन्दोलनको समाचार संकलन गर्दा पत्रकार सविना कार्की घाइते भएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० बैशाख २०८२, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'सेवा प्रदायक संस्थाहरू अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त नभएको'
ज्येष्ठ नागरिकहरुमाथि दुर्व्यवहारका घटना बढ्दै गएका छन् : आयोग
वातावरण प्रदूषणमा संलग्नलाई कारबाही गर्न आयोगको आग्रह