नवलपुर (नवलपरासी) । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले तरुणहरूको काँधमा देशको जिम्मेवारी रहेको बताएका छन् ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आज आयोजित नेपाल तरुण दलको पूर्णकालीन सदस्यता वितरण कार्यक्रममा उनले भविष्यमा देशको नेतृत्व युवाले गर्ने भएकाले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्न उनीहरूलाई आह्वान गरे। राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरण तथा देशको आर्थिक विकासका निम्ति युवा वर्गले सचेत भएर काम गर्नुपर्ने उनको भनाइ थियो ।
यसैबीच, नेता कोइरालाले शुक्रबार प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अक्षरस: कार्यान्वयनमा जोड दिएका थिए । चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रम उपयोगी रहेका र तिनको अक्षरस: कार्यक्रम अपरिहार्य छ भने। नीति तथा कार्यक्रम कार्यान्वयन पक्ष फितलो हुनहुनेमा उनको जोड थियो ।
फरक प्रसङ्गमा उनले पार्टीको १५औँ महाधिवेशन तोकिएको समयभित्रै गर्नुपर्ने बताए। महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउने बताउँदै उनले महाधिवेशनबाट पार्टी अझ सशक्त बन्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० बैशाख २०८२, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब पार्टी भित्र अन्याय हुन दिन्न : शेखर कोइराला
लोकरिझ्याइँको राजनीति गर्नेले चुनौती दिइरहेका छन् : डा.शेखर कोइराला