बुटवल । पश्चिम नवलपरासीमा पोखरीमा डुबेर दाजुभाइको मृत्यु भएको छ । जिल्लाको सुनवल नगरपालिका–६ पुलटोलका विष्णु कुँवरका दुई छोराहरू १० वर्षका विप्सन र ८ वर्षका दिप्सनको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।
इलाका प्रहरीका प्रहरी निरीक्षक सन्तोष पौडेलका अनुसार शुक्रबार साँझ पोखरीमा एक बालक तैरिहरेको स्थानीयले खबर गरेका थिए । त्यसपछि खोजीका क्रममा अर्का बालकको पनि शव भेटिएको उनले बताए ।
मृतक बालकहरू स्थानीय जनसेवा माध्यमिक विद्यालयमा कक्षा २ र कक्षा ४ मा अध्ययनरत थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० बैशाख २०८२, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु