कैलाली। भारत भ्रमणमा रहेका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शुक्रबार भारतको उत्तराखण्ड प्रदेशका तीनजना विभागिय मन्त्रीहरुसँग भेटघाट गरेका छन् । मुख्यमन्त्री शाहले वन मन्त्री सुवोद उनियाल, पर्यटन मन्त्री सतपाल महाराज र कृषि मन्त्री गणेश जोशिसँग छुट्टा छुट्टै भेटघाट गरेका हुन् ।भेटमा वन तथा पर्यटन प्रबर्द्धन र आधुनिक कृषि खेतीका विषयमा कुराकानी भएको थियो ।
नेपालमा भौगोलिक अवस्था र मौसम अनुसारको कृषि खेती गर्ने र आधुनिक तरिकाले उत्पादन गरिएको बस्तुलाई बजारिकरणमा जोड दिनुपर्ने कृषि मन्त्री जोशी र मुख्यमन्त्रीबीच कुराकानी भएको थियो ।सोही अनुसारको बीउ, विजन र प्राविधिक सहयोग आदान प्रदान गर्ने विषयमा छलफल भएको थियो । भेटमा नेचुरल फार्मिङ, ओर्गानिक फार्मिङ्ग उत्पादनका बिषयमा कुराकानी भएको थियो।
पर्यटन मन्त्री सतपाल र मुख्यमन्त्री शाहबीच धार्मिक मानसखण्ड सर्किट, आध्यात्मिक टुरिजम, ओएलनेस टुरिजमको विषयमा छलफल भएको थियो । पर्यटन प्रबर्द्धनले रोगारीको सिर्जना गर्ने हुँदा त्यसतर्फ चासो राख्ने विषयमा पनि छलफल भएको थियो।
१६ गते एक साताको लागि भ्रमणमा निस्किएको मुख्यमन्त्री शाहसहितको टोलीले प्रदेशको विकास र सम्बृद्धिका लागि भारतमा छलफल गरिरहेको हो। यसघिका भेटहरुमा पनि मुख्यमन्त्रीसहितको टोलीले सुदूरपश्चिमको प्रदेशको उद्योग,पर्यटन ,जलश्रोत र कृषिलाई प्रथमितमा राखेर लगानीमैत्री वातावरण बनाउन भारतका अधिकारीहरु छलफल गरेको थियो । भारतमा रोजगारीमा जाने नेपालीहरुको समस्या सम्बोधन गर्न पनि भारत सरकार र भारतका प्रदेश सरकारहरुलाई मुख्यमन्त्री शाहले आग्रह गरेका थिए। मुख्यमन्त्रीसहितको टोली २२ गते फर्किने छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० बैशाख २०८२, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा
सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
सुदूरपश्चिमका १३ क्याम्पसलाई आंगीक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
सुदूरपश्चिमको बजेट प्रदेश सभाबाट पारित
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै
आर्थिक सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो