भारत। भारतको राजधानी दिल्लीमा शुक्रबार बिहानैदेखि भीषण हुरीसहित भारी वर्षा भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जसका कारण अहिले त्यहाँका सडकहरू जलमग्न भएका छन् भने ठाउँठाउँमा रूख ढलेका छन्।
भारतीय मौसम विभागले दिल्ली एनसीआरमा खराब मौसमको चेतावनी दिएको छ र मानिसहरूलाई सतर्क रहन सल्लाह दिएको छ। मौसम अझै बिग्रन सक्ने सम्भावना रहेकाले सुरक्षित स्थानमा सर्ने तयारीमा रहन पनि मौसम विभागले सचेत गराएको छ।
मानिसहरूलाई सम्भव भएसम्म झ्यालढोका बन्द गरेर घरभित्रै बस्न भनिएको छ।दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल लिमिटेडले आफ्नो आधिकारिक एक्स अकाउन्टमार्फत यात्रुहरूका लागि सूचना जारी गरेको छ।
दिल्लीमा खराब मौसम र आँधीबेहरीका कारण दिल्ली विमानस्थलका केही उडान प्रभावित भएको बताइएको छ। विमानस्थलले यात्रुहरूलाई आफ्नो उडानबारे जानकारीको लागि सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ बैशाख २०८२, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविलाई दिल्लीको निम्तो, भ्रमण तय हुनु आफैंमा अर्थपूर्ण घटनाक्रम
परराष्ट्रमन्त्री दिल्ली जाँदै
आइपिएल : केएल राहुलको विष्फोटक ब्याटिङ, २२६ रनको लक्ष्य पछ्याउँदै दिल्ली विजयी
चुनावको मुखैमा देउवा पत्नी आरजु राणा किन पुगिन् दिल्ली ?
दिल्लीमा वायु प्रदूषण बढेपछि कृत्रिम वर्षा गराउन क्लाउड सिडिङ
सार्वजनिक सुनुवाइमा दिल्लीका मुख्यमन्त्रीमाथि आक्रमण प्रयास