मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मकवानपुर प्रहरीका अनुसार शुक्रबार बिहान करिब ५ः१५ बजे हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७७१२ नम्बरको ट्रकले बाटो क्रस गर्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा राक्सिराङ गाउँपालिका–९ घर भई हाल मनहरी गाउँपालिका–८ मा बसोबास गर्दै आएका करिब ७० वर्षीय गंगा बहादुर स्याङतानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ।
ट्रक चालक सर्लाहीको हरिवन नगरपालिका–११ निवासी ४० वर्षीय प्रमोद महत्तोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ बैशाख २०८२, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु