काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै कम्युनिष्ट पार्टी भन्ने तर बिचौलिया र दलालहरूलाई पोस्ने गरेको आरोप लगाएका छन्।१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै ओलीले कम्युनिष्ट विरोधीसँग साँठगाँठ गरेर पद हत्याएर मनपरी गरिरहेको दाबी गरे।
उनले भने, ‘नेपालमा शासन सत्ता हातमा हुनेहरूमा संविधानको समाजवाद उन्मुख प्रणाली र श्रमको उचित सम्मान गर्ने सद्बुद्धि आओस्। कम्युनिष्ट पार्टी भन्ने तर बिचौलिया र दलालहरूलाई पोस्ने एवं कम्युनिष्ट विरोधीसँग साँठगाँठ गरी सत्ता र पद हत्याई मनपरी गर्ने कुकृत्यको अन्त्य होस्।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ बैशाख २०८२, १२ : २८
लेखकबाट थप