काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम मात्रै नभई श्रमिकको भविष्य पनि सुरक्षित रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै उनले श्रमिकहरूको घरमा परिवर्तन ल्याउन सरकार सफल भइरहेको दाबीसमेत गरेका हुन् ।
'देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले। श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि जब योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुरू गर्यौँ, व्यङ्ग्य र ट्रोलहरू सहनुपर्यो । तर आज, ती नकारात्मक आवाजहरूभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिकले यस योजनाबाट भरोसा पाएका छन् । अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ,' उनले लेखेका छन् ।
श्रम र श्रमिकलाई सम्मान गर्न उनले आग्रह गरेका छन् । 'छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन। श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौँ। श्रमलाई सम्मान गरौँ, श्रमिकलाई सम्मान गरौँ। जय श्रमिक, जय देश,' उनले अगाडि लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ बैशाख २०८२, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता