काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम मात्रै नभई श्रमिकको भविष्य पनि सुरक्षित रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै उनले श्रमिकहरूको घरमा परिवर्तन ल्याउन सरकार सफल भइरहेको दाबीसमेत गरेका हुन् ।
'देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले। श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि जब योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुरू गर्यौँ, व्यङ्ग्य र ट्रोलहरू सहनुपर्यो । तर आज, ती नकारात्मक आवाजहरूभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिकले यस योजनाबाट भरोसा पाएका छन् । अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ,' उनले लेखेका छन् ।
श्रम र श्रमिकलाई सम्मान गर्न उनले आग्रह गरेका छन् । 'छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन। श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौँ। श्रमलाई सम्मान गरौँ, श्रमिकलाई सम्मान गरौँ। जय श्रमिक, जय देश,' उनले अगाडि लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ बैशाख २०८२, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति