काठमाडौँ । शिक्षकसँगको वार्तामा गृहमन्त्री रमेश लेखक समेत सहभागी भएका छन् । शिक्षामन्त्रालयमा सुरू भएको वार्तामा गृहमन्त्री लेखक समेत सहभागी भएका हुन् । यसअघि मंगलबार रातिसम्म भएको वार्तामा समेत गृहमन्त्री र अर्थमन्त्री विष्णु प्रसाद पौडेल सहभागी भएका थिए ।
बुधबार सहमतिलाई अन्तिम रूप दिनेगरी वार्तामा सुरु भएको हो । त्यसका लागि नेपाल शिक्षक महासंघका अध्यक्षसहितका पदाधिकारी तथा महासंघमा आबद्ध शिक्षक संगठनका पदाधिकारी सहभागी भएका छन् । बैठकमा नेकपा एमाले प्रमुख सचेत महेश वर्ताैला समेत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ बैशाख २०८२, १५ : ५०
लेखकबाट थप