काठमाडौं । तराई–मधेसमा २०७९ को चुनावमा अप्रत्याशित रुपमा उदाएका दुई पार्टीबीच एकता हुने भएको छ । आज काठमाडौंको प्रज्ञा भवनमा दुई पार्टीबीच एकता हुन लागेको हो ।
यसरी एकता गर्न लागेका पार्टीमा मधेस प्रदेशमा उदाएको जनमत पार्टी र सुदूरपश्चिम प्रदेशमा उठाएको नागरिक उन्मुक्ति पार्टी हुन् । जनमत २०७७ सालमा र नागरिक उन्मुक्ति पार्टी २०७८ सालमा जन्मिएका थिए । यी दुवै पार्टी मिलेपछि संघीय संसदमा यो पार्टी छैटौं ठूलो दलको रुपमा रहने छ । कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्टिय स्वतन्त्रपार्टी, राप्रपापछि यो दल अव संसदको छैटौं ठूलो दलको रुपमा रहने छ ।
जनमत र नागरिक उन्मुक्तिको एकतापछि बन्ने पार्टीको नाम दुवैको एक एक अक्षर मिलाएर नागरिक जनमत पार्टी हुनेछ । जसको पार्टी कार्यकारी अध्यक्ष जनमतका सिके राउत हुनेछन् । तर बरियतामा पहलिो नम्बर हुने गरी संरक्षकमा रेशम चौधरी रहनेछन् । त्यसपछि बरियतामा सिके राउत हुनेछन् ।
तेस्रो बरियतामा रहने गरी पार्टीको सहअध्यक्षमा रन्जिता श्रेष्ठ रहने गरी समझदारी बनेको छ ।
यस हिसावले पार्टीको कार्यकारी भूमिकाका रुपमा सिके राउतले चलाउनेछन् भने बरियतामा पहिलो नम्बर भएर रेशम चौधरी संरक्षक रहनेछन् ।
नागरिक उन्मुक्तिको चुनाव चिन्ह्र ढकियालाई एकतापछिको पार्टीको चुनाव चिन्ह्र बनाउने समझदारी बनेको छ ।
संघीय संसदमा १० सांसद
हाल संघीय संसद्मा जनमतबाट प्रत्यक्षतर्फ निर्वाचित १ र समानुपातिकतर्फ ५ गरी ६ सांसद छन् । नागरिक उन्मुक्तिका प्रत्यक्षतर्फ निर्वाचित ४ सांसद छन् । अब यी दुइृ पार्टीको एकीकरणपछि दलको सांसद संख्या १० हुनेछ ।
प्रदेश सभामा कति हुन्छन् सांसद ?
प्रदेशसभातर्फ नागरिक उन्मुक्तिका सुदूरपश्चिम प्रदेशसभामा ७, लुम्बिनीमा ४ र मधेश प्रदेशमा एक सांसद छन् । जनमतबाट लुम्बिनीमा ३ र मधेशमा १३ जना सांसद छन् । पार्टी एकीकरणपछि सुदूरपश्चिम प्रदेश सभाका ७, लुम्बिनी प्रदेशसभामा ७ र मधेश प्रदेशमा १४ सांसद हुनेछन् । मधेस प्रदेश सभामा एकतापछि झन् निर्णायक शक्तिका रुपमा यो पार्टी रहनेछ ।
स्थानीय तहमा कति हुन्छ शक्ति ?
स्थानीय तहतर्फ नागरिक उन्मुक्तिबाट सुदूरपश्चिममा दुई नगर प्रमुख छन् । कैलालीको टीकापुर नगरपालिका र भजनी नगरपालिकामा नागरिक उन्मुक्तिका प्रमुख छन् । यस्तै कैलालीमै जानकी र जोशीपुर गाउँपालिकाका अध्यक्ष नागरिक उन्मुक्तिबाट छन् ।
कैलालीकै भजनी नगरपालिकामा उपप्रमुख, जोशीपुर गाउँपालिकामा उपाध्यक्ष नागरिक उन्मुक्तिबाट छन् । कैलालीमा १४ वडाध्यक्ष पनि नागरिक उन्मुक्ति पार्टीले जितेको छ । जनमत पार्टीबाट स्थानीय तहमा मधेश र लुम्बिनीमा विभिन्न पदमा १९ जनप्रतिनिधि छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ बैशाख २०८२, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक आजबाट