महोत्तरी । मनरा शिसवा नगरपालिका-१ मनरा ब्रह्मस्थान नजिकै रहेको पोखरीमा डुबेर दुई बालको मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने विकेश सिंहको छोरा १० वर्षीय शुभम कुमार सिंह र सप्तरी डाक्नेश्वरी नगरपालिका-९ पथरघाटा लक्ष्मीपट्टी गाउँ बस्ने रूपेश सिंहको छोरा ९ वर्षीय आयुष कुमार सिंहको सोमबार राति मृत्यु भएको प्रहरीको भनाई छ । डुबेर अशक्त भएका उनीहरूको नगर अस्पताल मनरामा उपचारको क्रममा मृत्यु भएको हो ।
यता, कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ ईमिलिया हेल्थपोष्ट अगाडि चौरमा सोही नगरपालिका-९ डुमरा बस्ने ७१ वर्षीय जित बहादुर पौडेल क्षेत्री सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ बैशाख २०८२, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु