काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले आन्दोलनरत शिक्षक र प्रहरीलाई संयमित हुन आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले शिक्षा विधेयक संसदको यही अधिवेशनबाट टुंग्याउने गरी काम भइरहेको बताएका हुन् ।
शिक्षा विधेयकबारे भइरहेको अहिलेसम्मको कामबारे शिक्षामन्त्रीले पनि सदनलाई जानकारी गराउनुपर्ने बताएका छन् । उनले भने, ‘शिक्षा विधेयकबारे उपसमितिमा सबै पक्षको सहमतिमा एकसरो छलफल भइरहेको छ । र, केही विवाद भइरहेको दफाहरूमा काम भइरहेको छ । शिक्षा विधेयक हिजो आन्दोलनको क्रममा सम्झौता गर्ने, आफ्नो कार्यकाल भरी कानमा तेल हालेर सुत्ने, कुनै काम नगर्ने सरकारहरूले अहिले शिक्षा विधेयक लिएर जानुस् भन्ने काम भइरहेको छ ।’
उनले उपसमितिमा भइरहेको कामबारे सदनबाट सिंगो देश र जनतालाई जानकारी गराउनुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ बैशाख २०८२, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुनको शासन र शक्ति पृथकीकरणमा संवेदनशील हुन सरकारलाई रास्वपा सांसदको सुझाव
एमाले सांसदको प्रश्न- मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ ?
रास्वपाका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु
सरकार ‘रुल अफ ल’ भन्दा ‘रुल बाइ ल’ तर्फ उद्धतः सांसद गुरुङ
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल