काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको जानकारी संसद्लाई गराउँदै छन् । सांसद राई शनिबार साँझ पक्राउ परेकी थिइन् । उनी पक्राउ परेको सूचना संघीय संसद सचिवालय पुगिसकेको छ । सोही सूचना आइतबार सभामुख घिमिरेले सभामा सुनाउँदैछन् ।
प्रतिनिधि सभा नियमावलीको नियम २४८ मा सदस्यको पक्राउको जानकारीसम्बन्धी व्यवस्था छ । कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने व्यवस्था नियमावलीको नियम २४८ को उपनियम १ मा छ ।
बैठक नचलेको अवस्थामा पक्राउको सूचना प्राप्त भए सूचना पाटीमा सोको सूचना टाँस गर्ने र सभा चलिरहेको अवस्थामा सभामै सुनाउनुपर्ने व्यवस्था छ । यसअनुसार सभामुख घिमिरेले सांसद राइ पक्राउ परेको जानकारी सभामा गराउन लागेका हुन् । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ बैशाख २०८२, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता