काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको जानकारी संसद्लाई गराउँदै छन् । सांसद राई शनिबार साँझ पक्राउ परेकी थिइन् । उनी पक्राउ परेको सूचना संघीय संसद सचिवालय पुगिसकेको छ । सोही सूचना आइतबार सभामुख घिमिरेले सभामा सुनाउँदैछन् ।
प्रतिनिधि सभा नियमावलीको नियम २४८ मा सदस्यको पक्राउको जानकारीसम्बन्धी व्यवस्था छ । कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने व्यवस्था नियमावलीको नियम २४८ को उपनियम १ मा छ ।
बैठक नचलेको अवस्थामा पक्राउको सूचना प्राप्त भए सूचना पाटीमा सोको सूचना टाँस गर्ने र सभा चलिरहेको अवस्थामा सभामै सुनाउनुपर्ने व्यवस्था छ । यसअनुसार सभामुख घिमिरेले सांसद राइ पक्राउ परेको जानकारी सभामा गराउन लागेका हुन् । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ बैशाख २०८२, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले संसद् सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ: सभामुख
जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ: सभामुख घिमिरे
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
संसद् पुनर्स्थापनाबारे काँग्रेस र एमालेद्वारा सभामुखसँग छलफल
लुम्बिनीका सभामुखद्वारा ५ जनाको स्वकीय सचिवालय विघटन
मधेशमा सभामुखले पदमुक्त गरेका सांसदद्वारा हाजिरी र कारबाहीको नक्कल माग