काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले आफ्नो पार्टीमाथि अन्तर्राष्ट्रिय सर्वहारा वर्गले समेत आशा राखेको टिप्पणी गरेका छन् । उनले भू–मण्डल नै थर्काउनेगरी विचार र कार्यक्रम अघि बढाउनुपर्ने तर्क समेत गरेका छन् ।
राजधानीमा आयोजित सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले ठोस स्थितिको ठोस विश्लेषण गरेर अघि बढ्नुपर्ने जिकिर गरे । ‘यो सरकार त समाप्त हुँदैछ । अब सिंगो राष्ट्रको नेतृत्व हाम्रो पार्टीले गर्नुपर्छ,’ पूर्वसभामुख समेत रहेका सापकोटाले भने, ‘अन्तर्राष्ट्रिय सर्वहारा वर्गले पनि हामीमाथि नै आशा राखेको छ । भोलि हामीले भूमण्डल नै थर्काउने गरी अभियान अघि बढाउनुछ ।’
उनले अहिले आफ्नो पार्टी लोकप्रिय भएको पनि दाबी गरे । सापकोटाले वर्तमान सरका संवैधानिक नैतिकता विपरित बनेकोले यसको औचित्य नभएको बताए । ‘संवैधानिक नैतिकता विपरित बनेको यहो सरकार हो,’ सापकोटाले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ बैशाख २०८२, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार अधिनायकवादतिर उन्मुख छ : अग्नि सापकोटा
देश झन् बर्बादीतिर गयो, समाजवादमा जानुको विकल्प छैन : अग्नि सापकोटा
स्थायी कमिटी बैठकपछि पार्टीभित्र अभूतपूर्व एकता कायम भएको छ: अग्नि सापकोटा
धेरै अनुनयविनय गरेपछि मात्रै प्रधानमन्त्री ओलीलाई भारतले निम्ता गरेको देखिन्छ: अग्नि सापकोटा
देशको नेतृत्वमा’ ‘प्रचण्ड’को विकल्प छैन, एमालेको शिर निहुरिसक्यो : अग्नि सापकोटा
सम्पादकीय : न्यायको नाममा पुनः द्वन्द्वको आगो सल्काउने दुस्साहस !