अनेरास्ववियूको देशभर आन्दोलन गर्ने चेतावनी

बुधबार, १९ पुस २०७४, १० : ३३
अनेरास्ववियूको देशभर आन्दोलन गर्ने चेतावनी

काठमाडौं । प्रहरीले आफ्ना नेता कार्यकर्तामाथि धरपकड र कुटपिट गरेको भन्दै अनेरास्ववियूले देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ ।

अनेरास्ववियूकी अध्यक्ष नबिना लामाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिएसम्म र प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा नआएसम्म देशभर आन्दोलन गर्ने बताइन् ।

सरकार, निर्वाचन आयोग र इन्धनमा गरिएको मूल्य वृद्धिविरुद्ध आन्दोलनमा उत्रिएको एमाले सम्वद्ध अनेरास्ववियूका विद्यार्थी र प्रहरीबीच हिजो त्रिचन्द्र क्याम्पस अगाडि झडप भएको थियो ।

झडपमा परी आन्दोलनकारी विद्यार्थीहरु र केही प्रहरी पनि घाइते भएका थिए । प्रहरीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गर्न खोजेपछि आन्दोलनकारी विद्यार्थी र प्रहरीबीच झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस