धनराजको जरुवा जल सार्वजनिक

सफल खबर संवाददाता

मंगलबार, २७ कार्तिक २०७५, १७ : ३९
धनराजको जरुवा जल सार्वजनिक

चितवन । गजलकार धनराज गिरीको नवीनतम गजल संग्रह जरुवा जल मंगलबार भरतपुरमा एक समारोहबीच सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि कवि गोविन्दराज विनोदी, विशिष्ट अतिथि कथाकार एलबी क्षेत्री र गजल मञ्च चितवनका अध्यक्ष प्रभाकर पण्डितले संयुक्तरुपमा जरुवा जल सार्वजनिक गरेका हुन् ।

धनराजको गजल संग्रह जरुवा जलमाथि साहित्यकार रमेश प्रभातले समिक्षात्मक टिप्पणी गरेका थिए । उनले कृतिकारलाई संख्यात्मक नभई गुणात्मक गजल लेख्न सुझाव दिए । कृतिकार धनराजले कार्यक्रममा कृतिभित्रका सात वटा गजल वाचन गरेका थिए । मन्तव्यका क्रममा उनले एकै दिनमा १२ वटासम्म गजल लेखेको सुनाए । उनको एउटा गजल गायक शम्भु गिरीले गाएका थिए ।

प्रतिक्रिया दिनुहोस