सुनसरी । अवैध लागू औषध गाँजा ३ सय २३ किलो २ सय १० ग्राम र खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर अरुण गाउँपालिका-५ बस्ने २६ वर्षीय तेजेन्द्र कार्कीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।
लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले थप अनुसन्धानको क्रममा उनले सोही ठाउँमा पार्किङ गरी राखेको प्रदेश १-०२-००२ च ५३४८ नम्बरको योद्धा गाडीलाई प्रहरीले तलासी गर्दा उक्त परिमाणको गाँजासमेत बरामद गरेको छ ।हाल पक्राउ गरी उनलाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० बैशाख २०८२, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३७० किलोग्राम गाँजा बरामद
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद