सुनसरी । अवैध लागू औषध गाँजा ३ सय २३ किलो २ सय १० ग्राम र खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर अरुण गाउँपालिका-५ बस्ने २६ वर्षीय तेजेन्द्र कार्कीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।
लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले थप अनुसन्धानको क्रममा उनले सोही ठाउँमा पार्किङ गरी राखेको प्रदेश १-०२-००२ च ५३४८ नम्बरको योद्धा गाडीलाई प्रहरीले तलासी गर्दा उक्त परिमाणको गाँजासमेत बरामद गरेको छ ।हाल पक्राउ गरी उनलाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० बैशाख २०८२, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा गाजामा २० जनाको मृत्यु
सात किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
गाजाको राफा नाका आजदेखि खोलिने, छ सय सहायता सवारी प्रवेश गर्ने तयारी
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
गाजा इजरायल शान्ति योजना अनुमोदन, ७२ घण्टापछि २० बन्धक रिहा हुने
इजरायलले गाजामा गरेको आक्रमणमा ८० भन्दा बढी प्यालेस्टिनी मारिए