काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेको घटनामा संलग्न पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको खाँडादेवी घर भई सानागाउँ बस्ने ५९ वर्षीय पदम बहादुर तामाङ छन् ।
उनले आइतबार राति खुकुरी प्रहार गरी ४५ वर्षीया श्रीमती पुतली तामाङको हत्या गरेका थिए ।
१० वर्षीया छोरी सन्जिता र ११ वर्षीय छोरा रिदम घाइते छन् । उनीहरुको हात–खुट्टामा खुकुरी प्रहारबाट गहिरो चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० बैशाख २०८२, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण
छोराले गरे आमाको हत्या
कैलालीमा घरायसी विवादमा श्रीमतीले गरिन श्रीमानको हत्या
विवाद भएपछि साथीको हत्या, एक जना पक्राउ
सिन्धुलीमा श्रीमतीले गरिन् श्रीमानको हत्या