काठमाडौं। काठमाडौंको तीनकुनेमा गएको चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शनमा सहभागी भई राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– ६ नयाँवस्तीका तेजेन्द्र रायमाझी छन् । उनलाई जोरपाटीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
रायमाझी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को युवा मोर्चा नागरिक प्रतिरक्षा बलको बागमती अञ्चल समितिको संयोजक हुन्। तीनकुनेमा आगजनी एवं तोडफोड घटनामा संलग्न भएको आरोपमा रायमाझसहित ७४ जना थुनामा छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराका अनुसार एक जना नाबालक र राप्रपाका महामन्त्री धवल शमशेरसहित १० जना भने हाजिर जमानीमा छुटेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ बैशाख २०८२, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुने घटना : आज सरकारी वकिलले जवाफ दिँदै
तीनकुने घटना : दुर्गा प्रसाईंसहित ५० प्रतिवादीको मुद्दामा थुनछेक बहस हुँदै
दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीको बयान पुरा, आजबाट थुनछेक
तीनकुने घटनाका प्रतिवादीको बयान सुरु
प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन, आइतबारमात्रै मुद्दा दर्ता हुने
तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी, १ सय ८ जना प्रतिवादी बनाइने