काठमाडौं। काठमाडौंको तीनकुनेमा गएको चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शनमा सहभागी भई राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– ६ नयाँवस्तीका तेजेन्द्र रायमाझी छन् । उनलाई जोरपाटीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
रायमाझी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को युवा मोर्चा नागरिक प्रतिरक्षा बलको बागमती अञ्चल समितिको संयोजक हुन्। तीनकुनेमा आगजनी एवं तोडफोड घटनामा संलग्न भएको आरोपमा रायमाझसहित ७४ जना थुनामा छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराका अनुसार एक जना नाबालक र राप्रपाका महामन्त्री धवल शमशेरसहित १० जना भने हाजिर जमानीमा छुटेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ बैशाख २०८२, १५ : ४१
लेखकबाट थप