काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको पोखरा महानगरपालिका एक अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा महानगरको उजुरी फर्छ्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत कपिल गिरीविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
उनका अनुसार गिरीले उजुरीसँग सम्बन्धित प्रमाण मेटाइदिने भन्दै सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएका थिए । गिरीले उजुरीसँग सम्बन्धित प्रमाण मेटाई फरफारक गर्ने भन्दै सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि उनीविरुद्ध आरोपपत्र दायर गरिएको हो ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उनलाई कैद र जरिवाना दुवै सजायको मागदाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ बैशाख २०८२, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खरिदार र बिचौलियाविरुद्धको भ्रष्टाचार मुद्दामा प्रतिकूल अभिव्यक्ति दिएको आरोपमा मुद्धा दायर
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा