काठमाडौँ । भीम रावललाई साथ दिने एमाले सूदूरपश्चिमका एक नेता पार्टीबाट निष्काशित भएका छन् ।
एमाले सुदूरपश्चिम सचिव रण बहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै प्रदेश लेखा कमिटी सदस्य बालगिरी कुँवरलाई निष्काशन गरिएको जानकारी दिएका हुन् ।
‘विधानको धारा ८० को उपधारा १ र २ आकर्षित हुने अनुशासन उल्लङघन गरि पार्टीको विरुद्धमा लागी भ्रमपुर्ण समाचारहरु सम्प्रेषण गर्नुभएको ठहर गर्दै कमरेड वालगिरी कुवरलाई पार्टी विधान २०४९ (प्रथम विधान सहाधिवेशन २०७८ को संशोधन सहित) को धारा ८१ को उप धारा (१) बमोजिम प्रदेश लेखा कमिटी सदस्य तथा पार्टी सदस्यताबाट समेत निष्काशन गरिएको छ’, उनको विज्ञप्तिमा भनिएको छ ।
रावलले हाल ‘मातृभूमि जागरण अभियान नेपाल’ पार्टीका लागि अभियान चलाइरहेका छन् । रावललाई साथ दिएको भनेर निष्काशनमा परेका कुँवर पनि अछामकै हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ बैशाख २०८२, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : भीम रावल
प्रधानमन्त्रीलाई पदमा बस्ने अधिकार छैन : भीम रावल
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने