मकवानपुर । पाँच किलो ९४० ग्राम अबैध लागूऔषध अफिमसहित एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्बर ११ का २५ वर्षीय बाबुराम तामाङ रहेका छन् ।
तामाङलाई इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गको अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीबाट पक्राउ गरेको हो ।
चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २८८७ नम्बरको यात्रुबाहक बसमा सवार तामाङलाई ५ किलो ९४० ग्राम परिणामको अफिमसहित नियन्त्रणमा लिएको हो ।
तामाङले बोकेको झोलाभित्र लुकाएर राखेको अवस्थामा तीन वटा प्याकेटमा ५ किलो ९४० ग्राम लागूऔषध अफिम फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । प्रहरीले उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ बैशाख २०८२, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा जुवातास खेलिरहेका १४ जना पक्राउ
घरायसी विवादमा श्रीमतीको हत्या, श्रीमान् पक्राउ
कैलालीमा साढे दुई किलो चरेस र खैरो हेरोईनसहित चार जना पक्राउ
सर्लाहीबाट स्रोत नखुलेको ३२ लाख नगदसहित भारतीय युवक पक्राउ
ससुराको हत्या गरी १५ वर्ष भारतमा लुके, हदम्याद सकिनैलाग्दा प्रहरीकै पोल्ट्रीफार्मबाट पक्राउ परे
सांसद राई पक्राउ गरेको बारे सभामुखलाई जानकारी