काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती ऐनलाई आगामी अधिवेशनमा संसद्मा लैजाने गरी काम भइरहेको बताएका छन्। शुक्रबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विधेयकमा छलफल गर्दा कोही पनि सांसद पार्टीगत रूपमा प्रस्तुत नभएको र नहुने प्रतिबद्धता जनाए।
उनले सांसदहरुले स्वतन्त्रतापूर्वक विधेयकमाथि धारणा राखेको उल्लेख गर्दै व्यक्तिगत फाइदा नहेरी काम भइरहेको दाबी गरे। उनले मुलुकको हितका लागि कानुन बन्ने बताए। उनले भने, ‘हामी यहाँ पार्टीगत रूपमा प्रस्तुत भएका छैनौँ। जातिगत रूपमा प्रस्तुत भएका छैनौँ। माननीय सदस्यहरूले इन्डिपेण्डेट रूपमा आफ्ना कुराहरु राख्नुभएको छ, स्वतन्त्रतापूर्वक। मुलुक सुहाउँदो रूपमा कानून बनोस्। हामी व्यक्तिगत कसलाई फाइदा र कसलाई बेफाइदा नहुने गरी मुलुकको हितका लागि कानून आउनेछ। हामी जतिसक्दो चाँडो आगामी अधिवेशनमा यो विधेयक लैजाने तयारीका साथ लागेका छौँ।’
समितिको बैठक वैशाख ८ गते बस्ने गरी स्थगित भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ बैशाख २०८२, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडाले दिए उम्मेदवारी
कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडालाई बनाउने
सुनुवाइ समितिमा रामहरि खतिवडालाई लैजाने तयारी
रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा
रामहरि खतिवडालाई राजीनामा दिन लगाउने काँग्रेसको तयारी
संसदमा ठूलो ड्रोन कहाँबाट आएर खस्यो ? भन्दै रामहरि खतिवडाको प्रश्न