काठमाडौंँ । अभिनेत्री नीति शाहले विवाह गरेकी छन् । उनले शुक्रबार काठमाडौं जिल्ला अदालतमा यचित शमशेर जबरासँग कानूनी विवाह गरेकी हुन् ।न्यायाधीश दीनबन्धु बरालको इजलासमा उनको विवाह भएको आदलत श्रोतले जानकारी दियो । उनीहरुको विवाह दर्ता प्रमाण पत्र भने प्रक्रियामा रहेको लिन बाँकी छ ।
नीति र यचितले केही समयको प्रेम सम्बन्ध विवाहमा परिणत गरेका हुन् । ‘मिस नेपाल इन्टरनेशनल २०१७’ को उपाधि चुमेकी नीति ‘खजुरे ब्रो’बाट फिल्ममा अभिनयमा डेब्यु गरेकी हुन् ।यो फिल्मले व्यावसायिक असफल भएको थियो भने गत दसैँमा उनी अभिनित दोस्रो फिल्म ‘ज्वाइँ साब’ प्रदर्शनमा आएको थियो ।
उनी अभिनित पछिल्लो फिल्म ‘नरसिंहा अवतार’ आउँदो जेठ ९ गते प्रदर्शनमा आउने तयारीमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ बैशाख २०८२, १४ : २९
लेखकबाट थप