काठमाडौँ । अन्तर्जातीय प्रेमकथामा निर्माण हुने फिल्म ‘जदौ’ मा अभिनेत्री नीति शाह भित्रिएकी छन् । फिल्ममा मुख्य अभिनेत्री भूमिका निर्वाह गर्ने गरेर उनी भित्रिएकी हुन् ।
फिल्म अभिनयको विषयमा निर्माण पक्ष र उनको कागजी सम्झौता समेत भैसकेको छ । फिल्ममा उनी अभिनेता मुकुन भुसालको जोडी बन्ने छिन् । मुकुन फिल्मका लागि केही अगाडि भित्रिएका हुन् ।
काजी लिम्बूको लेखन रहेको फिल्म सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र सम्मिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माणमा बन्न लागेको हो । रामराजा सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्रीको सह निर्माताको रूपमा रहेको फिल्मको छायाङ्कन भदौ पहिलो साताबाट सुरु हुनेछ ।
बाबुल गिरीको सङ्गीत रहने फिल्म दाङ तथा प्युठानका विभिन्न स्थानमा गरिनेछ । निर्माण संस्था सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक विमला भण्डारीले ‘जदौ’ को निर्देशक तथा बाँकी कलाकार, प्राविधिकबारे विस्तृत जानकारी केही दिनमा सार्वजनिक गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ असार २०८२, १७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नीति शाह सर्वश्रेष्ठ डेब्यु अभिनेत्री घोषित
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह