काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निजामती कर्मचारीलाई सडकमै जाने वातावरण बनाउन नहुने बताएका छन् । शुक्रबार राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।
'यहाँ आउँदै गर्दा एक छिन जाममा परियो । सडकमा शिक्षकहरू छन्,’ समिति बैठकमा शर्माले भने, ‘निजामती कर्मचारीलाई सडकमै जाने वातावरण बनाउन हुन्न ।’ समितिमा निजामती विधेयकमाथि छलफल जारी छ ।समितिको बैठक चलिरहँदा विभिन्न आफ्ना माग राखेर कर्मचारी ट्रेड युनियनका नेताहरूले समिति सभापति र सदस्यहरूलाई ध्यानाकर्षण गरेका थिए ।
कर्मचारीले आफूहरूलाई गुमराहमा राखेर ऐन बनाए सडक आन्दोलनमा जाने चेतावनी दिइरहेको उल्लेख गर्दै उनले भने, ‘उहाँहरूसँग पनि एक पटक छलफल गरौँ, ताकि ऐन बन्दा अपनत्व सबैले लिन सकियोस् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ बैशाख २०८२, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा
चुनावपछि काँग्रेस पहिलो पार्टी बन्ने विश्वप्रकाश शर्माको दाबी
‘पहिलो हुने दलको प्रधानमन्त्रीलाई पूरै ५ वर्ष सरकार चलाउने सुनिश्चितता गरौँ’ : विश्वप्रकाश शर्मा