काठमाडौँ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टाेलीले अवैध लागु औषधसहित ५ जनालाई पक्राउ गरेको छ ।
गएराति अन्दाजी ११ः४५ बजे जीतपुर सिमरा उपमहानगरपालिका ३ बजनी स्थित हेटौडाबाट वीरगन्ज तर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई रोकी चेक जाँच गर्दा लुकाई छिपाई राखिएको ३०५ किलो गाँजासहित ३ जनालाई प पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरका राजन लामा, ट्रकमा सवार ईश्वर लोप्चन र ओसार पसारमा संलग्न जीवन ठोकर रहेका छन् ।
त्यस्तै ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोली प्रसौनी ४ खुटवा बस्ने पवन कुमार साहले आफ्नै घरमा विक्री वितरण गर्ने र लुकाई छिपाई राखेको लागू औषध गाँजा २ किलो १४० ग्राम बरामद गरी उनलाई नियन्त्रणमा लिइएको छ ।
गए राति नै इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले पचरौता १ मुसहरीटोल स्थित मकै बारी हुँदै भारत तर्फ ओसार पसार गर्दै गरेको ६० किलो गाँजासहित राजबिहारी कुमारलाई पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ बैशाख २०८२, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा अझै भोकमरी बढ्न सक्ने डब्लुएचओको चेतावनी
गाजामा युद्ध रोक्ने घोषणा गरेको इजरायलतको आक्रमण निरन्तर
गाजाका केही क्षेत्रमा सैन्य गतिविधिमा अस्थायी रोक लगाउने इजरायलको घोषणा
चितवन प्रहरीले समात्यो पौने सात क्वीन्टल गाँजा
गाजा : प्रत्येक पाँच जनामा एक बालबालिका कुपोषिण
गाजामा कुपोषणका कारण मृत्यु बढ्यो