काठमाडौँ । राप्रपाले राजसंस्थाको पक्षमा आन्दोलन र पार्टी सङ्गठनलाई सँगसँगै लैजाने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख ७ गते काठमाडौँमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय समेत गरेको छ ।
यस्तै ९ गते ७७ जिल्लामा विरोध सभा र धर्ना दिने तथा उपत्यकामा सबै वडा तहसम्म नेताहरू पुग्दै सङ्गठनलाई मजबुत बनाउने निर्णय गरेको बैठकपछि अध्यक्ष लिङ्देनले जानकारी दिए ।
बैठकले पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणालगायत रिहा गर्न माग गरेको छ । यस्तै आन्दोलनसँग सम्बन्धित कार्यक्रमलाई व्यवस्थित बनाउन विशेष कमिटी बनाउने
निर्णय समेत गरेको लिङ्देनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०८२, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त
राप्रपा २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किने