एजेन्सी । अमेरिकाले मार्चको मध्यबाट गरेको आक्रमणका यमनमा एक सय २३ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
युक्रेनी स्वास्थ्य मन्त्रालयले अन्य दुई सय ४७ जना घाइते भएको बताएको छ। घाइते भएका मध्य धेरै जसो महिला तथा बाल बालिका छन्।
यमनको स्वास्थ्य मन्त्रालयले सैन्य संरचना ध्वस्त भएको, सेना मारिएको तथा नागरिकमाथि समेत निसाना बनाइएको आरोप लगाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने दैनिक अमेरिकी सेनाले गरेको आक्रमणले हाउथी सैन्य जत्था निर्मूल गरिने बताएका छन्।
हाउथीले इजरायलमाथि आक्रमण गर्नुका साथै ब्ल्याक सीमा पनि आक्रमण जारी राखेका कारण अहिलेको समस्या आएको अमेरिकाले जनाएको छ।
हाउथीले भने प्यालेस्टाइनीमा एकबद्धता जनाउँदै प्यालेस्टाइन पूर्ण रूपमा स्वतन्त्र नभएसम्म आक्रमण जारी रहने बताएको हो। ट्रम्पले हाउथी सेना कमजोर भइसकेका कारण उनीहरूका लागि समेत यो लडाइँ त्याग्नु बुद्धिमानी भएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ बैशाख २०८२, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ
भन्सार छलीका सामान छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, ३ जना घाइते
फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु
अमेरिकी सेनाले सिरियामा गर्यो आईएसविरुद्ध ‘ठुलो आक्रमण’
सिरियामा अमेरिकाले सुरु गर्यो 'ठूलो सैन्य आक्रमण'
जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु