पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा बुवाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन्।
सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका–१ राई डाँडामा लु.६१ प ७६३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तानसेन–६ घर भएका ४१ वर्षीय पदमबहादुर दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका दर्लामीको उपचारको क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो।दुर्घटनामा दर्लामीका छोरा १८ वर्षीय मन्दिप घाइते भएका छन्।
दुर्घटनामा घाइते भएका बावुछाेरालाई उपचारको लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल पठाइएको थियो। उपचारकै क्रममा पदमबहादुरको मृत्यु भएको र छोराको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
उकालो सडकमा ब्याक भएर मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ बैशाख २०८२, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु