काठमाडौँ l पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई १७ हजार मारेको आरोप कतिपयले लगाउने गरेको भए पनि आफूले व्यक्तिगतरुपमा कसैलाई अहिलेसम्म नपिटेको दाबी गरेका छन्।
एकथरी मानिसहरु, इतिहासलाई पछाडि धकेल्न चाहानेहरुले १७ हजारको हत्यारा। १७ हजारको हत्यारा भनि राख्दा होइन यो त युद्धको नियम अनुसार युद्धमा भएको कुरा हो,’ शनिबार संक्रमणकालिन न्यायसम्बन्धी खिमलाल देवकोटाले लेखेको पुस्तक विमोचन समारोहमा उनले भने, ‘ राज्यले कति मार्यो ? विद्रोहीले कति के गर्यो ? भन्ने कुरा त अध्यन गर्न सकिन्छ नि। तर, के यो आरोप सत्य हो त ? १७ हजार माओवादीले। अझ प्रचण्डले हो भन्ने। मैले एकजनालाई पिटेको पनि छैन अहिलेसम्म। हत्याको त कुरै छोडिदिनुहोस्, व्यक्तिको कुरा गर्ने हो भने।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ चैत्र २०८१, १७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड