दमक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतन्त्रमा कसैलाई पनि विध्वंश गर्ने छुट नभएको बताएका छन् । नेकपा एमालेका स्थायी समिति सदस्यसमेत रहेका कार्कीले जनविरोधी शक्तिहरुलाई नसल्बलाउनसमेत चेतावनी दिए ।
नेकपा एमाले कोशी प्रदेशले दमकमा आयोजना गरेको जनजागरण सभामा बोल्दै मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक गणतन्त्र जनताले ल्याएकाले यसविरुद्ध उभिने जो–कोहीलाई जनताले बहिष्कार गर्ने बताए ।
उनले लोकतन्त्रमा विरोध गर्ने हक र छुट भए पनि तोडफोड, हिंसा र व्यक्ति हत्या जस्ता हर्कत स्वीकार्य नहुने बताए ।उनले भने, ‘जान्नेलाई छान्ने नामका केही शक्तिहरु कसरी सहकारी र भ्रष्टाचारको दलदलमा फसेका छन् भन्ने कुरा स्पष्ट छ । एमालेले गणतन्त्रका विरुद्धका गतिविधि तिनका नियतका बारेमा आमजनतालाई बुझाउन यो जागरणसभा आयोजना गरिएको हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ चैत्र २०८१, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग