काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विश्व डरलाग्दो अवस्थामा अघि बढेको बताएका छन् । अहिले शक्तिशाली राष्ट्रबीच र विश्वभर नै देखिएको ट्यारिफ युद्ध निकै खतरनाक भएको बताउँदै उनले यसबार नेपाल अछुतो रहन नसक्ने बताएका हुन् ।
वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले ट्रयारिफ युद्ध तेस्रो विश्वयुद्धभन्दा पनि ठूलो हुने उनको बुझाइ छ । ‘विश्व जसरी ट्रयारिफ वारमा गइराखेको छ, त्यसले नेपाल अछुतो रहन सक्दैन’, उनले भने, ‘अमेरिका र चीनको ट्यारिफको युद्ध भइरहेको छ, सबै देशमा भइरहेको छ । यो तेस्रो वर्ल्डवारभन्दा ठूलो होला जस्तो देखिन्छ ।
उनले यस्तो अवस्थामा नेपालले पनि सोच्नुपर्ने बेला आएको बताएका छन् । नेपालको स्वास्थ्य संस्थामा कसरी सुलभ सेवा दिने भन्नेबारे पनि सोच्नु पर्ने बेला भएको उनको भनाइ छ ।
उनले नेपालका स्वाथ्य संस्था कसरी आफ्नै खुट्टामा उभिने भन्ने बारे सिक्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० चैत्र २०८१, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खरानी बीजबाट नूतन कांग्रेसको नवनिर्माणमा जुटौँ : डा. शेखर कोइराला
डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह
उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु दुःखद : शेखर कोइराला
देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख छ: डा. शेखर कोइराला
लोकतन्त्र खतरामा छ : शेखर कोइराला
देउवालाई शेखरको सुझाव- एमालेबाहेक अरू दलका नेतासँग पनि भेट्नुस्