काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विश्व डरलाग्दो अवस्थामा अघि बढेको बताएका छन् । अहिले शक्तिशाली राष्ट्रबीच र विश्वभर नै देखिएको ट्यारिफ युद्ध निकै खतरनाक भएको बताउँदै उनले यसबार नेपाल अछुतो रहन नसक्ने बताएका हुन् ।
वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले ट्रयारिफ युद्ध तेस्रो विश्वयुद्धभन्दा पनि ठूलो हुने उनको बुझाइ छ । ‘विश्व जसरी ट्रयारिफ वारमा गइराखेको छ, त्यसले नेपाल अछुतो रहन सक्दैन’, उनले भने, ‘अमेरिका र चीनको ट्यारिफको युद्ध भइरहेको छ, सबै देशमा भइरहेको छ । यो तेस्रो वर्ल्डवारभन्दा ठूलो होला जस्तो देखिन्छ ।
उनले यस्तो अवस्थामा नेपालले पनि सोच्नुपर्ने बेला आएको बताएका छन् । नेपालको स्वास्थ्य संस्थामा कसरी सुलभ सेवा दिने भन्नेबारे पनि सोच्नु पर्ने बेला भएको उनको भनाइ छ ।
उनले नेपालका स्वाथ्य संस्था कसरी आफ्नै खुट्टामा उभिने भन्ने बारे सिक्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ चैत्र २०८१, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी
पार्टी नटुक्रियोस् भन्ने हो, संवादबाट विवाद सल्टिन्छ : शेखर कोइराला
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्था बारेमा छलफल
आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी छ : शेखर कोइराला