पाटन(ललितपुर) । तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई नेपाली काँग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठद्वारा नि:शुल्क शिक्षाको प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका छन्।
कोषाध्यक्ष श्रेष्ठले मृतक श्रेष्ठको परिवारको आर्थिक अवस्था कमजोर भएको जानकारी पाएकाले उनको छोरीलाई कक्षा १२ सम्म नि:शुल्क शिक्षाको प्रबन्ध गरिएको जानकारी गराएका हुन् ।
“सविनको परिवारसँग छलफलपछि उहाँहरूको आर्थिक अवस्था कमजोर रहेको थाहा भयो, राम्रो विद्यालयमा पढाउने इच्छा रहेछ, इच्छाअनुसार महर्जनकी आठ वर्षीया छोरीलाई कीर्तिपुरको ल्याबोरेटरी स्कुलमा कक्षा १२ सम्म नि:शुल्क अध्ययन गर्ने व्यवस्था गरेको छु । विद्यालय प्रशासन र कीर्तिपुर नगरपालिकाका नगरप्रमुखसँगसमेत यस विषयमा कुरा भएको छ”, श्रेष्ठले भने ।
नेता श्रेष्ठले लामो समयसम्म शैक्षिक क्षेत्रमा योगदान गर्दा धेरैलाई सहयोग गरेको बताउँदै आफ्नो अभिभावक गुमाएकी बालिकाको शिक्षादीक्षाका लागि मानवीयताका आधारमा सहयोग गर्ने बताए ।
नेपाल महिला संघकी अध्यक्ष उषा राउत मिश्र र मानव अधिकार आयोगकी आयुक्त लीली थापाले आफूलाई मृतकका परिवारको बारेमा जानकारी गराउँदै आवश्यक व्यवस्थाका लागि अनुरोध गरेको काँग्रेस कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० चैत्र २०८१, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुने घटना : आज सरकारी वकिलले जवाफ दिँदै
तीनकुने घटना : दुर्गा प्रसाईंसहित ५० प्रतिवादीको मुद्दामा थुनछेक बहस हुँदै
दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीको बयान पुरा, आजबाट थुनछेक
तीनकुने घटनाका प्रतिवादीको बयान सुरु
प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन, आइतबारमात्रै मुद्दा दर्ता हुने
तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी, १ सय ८ जना प्रतिवादी बनाइने