काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड शाखा कार्यालय कैलालीका प्रमुख स्टोर सहायकविरुद्ध मुद्दा दायर गरेको छ ।
शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपमा प्रमुख स्टोर सहायक तह-५ (प्र.) मा कार्यरत प्रेम बहादुर रावलविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
रावलले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कूल ऐण्ड इण्टरमिडिएट एजुकेशन यु.पी.को हाइस्कूल परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी स्टोर सहायक तह-४ (प्र.) पदमा नियुक्ति लिएर बढुवा भई प्रमुख स्टोर सहायक तह-५ (प्र.) तहको सुविधा प्राप्त गरेको अख्तियारको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ चैत्र २०८१, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खरिदार र बिचौलियाविरुद्धको भ्रष्टाचार मुद्दामा प्रतिकूल अभिव्यक्ति दिएको आरोपमा मुद्धा दायर
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा