काठमाडौँ । काठमाडौँ महानगर प्रहरी प्रमुख पाण्डे र मेयर बालेन साहका स्वकीय सचिवलाई कारबाही गर्न माग गरिएको छ । स्थानीय तहमा क्रियाशील पेशागत संगठनहरूले चैत २१ गते काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेको नेतृत्वमा भएको कार्यालयको मर्यादाविपरीतको अनुशासनहीन, गैरकानुनी, अमर्यादित र अनपेक्षित घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई हदसम्मको कारबाही गर्न माग गरेका हुन् ।
उनीहरूले तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गर्न माग गरेका छन् । सो घटनाको सम्बन्धमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई बिहीबार बुझाइएको ज्ञापन पत्रमा पाण्डेलाई महानगर प्रहरी ऐनअनुसार तत्काल निलम्बनमा राख्न माग गरिएको छ ।
यस ज्ञापन पत्रमा स्थानीय तह कर्मचारी युनियन, नेपाल, स्थानीय तह कर्मचारी संघ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघका प्रतिनिधिहरूको हस्ताक्षर छ।
घटनापछि प्रमुख बालेनका स्वकीय सचिवको नाममा सचिवालयका कर्मचारीले सार्वजनिक सञ्चारमाध्यममार्फत उपप्रमुख र वडाध्यक्षहरूलाई लाञ्छित गर्ने प्रयास गरेको भन्दै उनीहरूमाथि पनि कारबाहीको माग गरिएको छ ।
ज्ञापन पत्रमा भनिएको छ, ‘कार्यालयको प्रशासनिक प्रमुखको रूपमा नेपाल सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई काठमाडौं महानगर प्रहरी बलका प्रमुख र उनका कर्मचारीहरूले प्रशासनिक कार्यमा बाधा पुर्याउने कार्य गरेका छन्, जसका कारण प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि र कर्मचारीहरूलाई धरपकड र आपत्तिजनक भनाइहरूको सामना गर्नुपरेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ चैत्र २०८१, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन काठमाडौं महानगरको आग्रह
काठमाडौं महानगरले आजदेखि खाद्य गुणस्तर परीक्षण गर्ने
काठमाडौँ महानगरले कवाड संकलन केन्द्रमा चलायो डोजर
एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र
काठमाडौं महानगरले आवासीय क्षेत्रका कवाडी व्यवसाय दर्ता/नवीकरण नगर्ने
काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने