काठमाडौँ । सशस्त्र प्रहरीले काठमाडौँको सतुंगलबाट लागुऔषधसहित बुधबार तीन जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरूमा मोरङको मिक्लाजुङ्ग–८ घर भई काठमाडौँ बस्ने वर्ष ४५ का अमर बहादुर दर्जी, महोत्तरीको मनरासिस्वा नगरपालिका–२ बस्ने वर्ष ३० का सन्दीप सिंह र काठमाडौँ महानगरपालिका–८ बस्ने वर्ष ३३ का आसिक सिंह छन् ।
बाराको सिम्रौनगढ, कलैया, वीरगन्ज हुँदै काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार उनीहरूलाई विशेष सूचना आधारमा सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको टोलीले उक्त लागुऔषधसहित नियन्त्रणमा लिएको हो । सो लागुऔषधमा डाईजोपाम, नोफिन र फेनारगन रहेका छन् ।
नियन्त्रणमा लिइएका तीनै जनालाई बरामद लागुऔषधसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ चैत्र २०८१, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
सुदूरपश्चिममा लागुऔषधसहित एकैदिन ८ जना पक्राउ
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा