एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध थप ५० प्रतिशत कर (भन्सार शुल्क) लगाएका छन्।
यससँगै अब चीनबाट अमेरिका आउने सामानमा कूल भन्सार १०४ प्रतिशत पुगेको छ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जारी गरेको दस्तावेजमा यो कुरा पुष्टि भएको बीबीसीले जनाएको छ।
ह्वाइट हाउसको विज्ञप्तिमा भनिएको छ, 'चीनले अमेरिकाविरुद्ध बदला लिने घोषणा गरेपछि यो कदम चालिएको हो।'
आफ्नो दोस्रो कार्यकालको सुरुमै ट्रम्पले चीनलाई २० प्रतिशत कर लगाए भने यसपछि सम्पूर्ण विश्वमा कर घोषणा गर्दा उनले चीनलाई थप ३४ लगाए।
अब अहिले ५० प्रतिशत थप्दा चीनविरुद्ध कूल भन्सार महसुल १०४ प्रतिशत पुगेको हो।
ट्रम्पले सोमबार नै चीनले अमेरिकी सामानमा आयात शुल्क लगाउने निर्णय फिर्ता नलिएमा थप ५० प्रतिशत कर लगाउने घोषणा गरेका थिए।
ट्रम्पको भनाइको जवाफमा चीनको वाणिज्य मन्त्रालयले अमेरिकी 'ब्ल्याकमेल' स्वीकार नगर्ने र यसविरुद्ध अन्त्यसम्म लड्ने बताइसकेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २६ चैत्र २०८१, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको दाबी : दोहामा आज अमेरिका-ईरान वार्ता हुने
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका-इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
अमेरिका र इरानबीच युद्ध अन्त्य भएको ट्रम्पको दाबी
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता