काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार नसुध्रिए प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेर भात पानी बन्द गरिदिने चेतावनी दिएका छन् ।
मंगलबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले आफूहरू गोली नचलाउने तर बालुवाटार घेर्न भने सक्ने बताए ।‘मैल फेरि पनि भन्छु, नसुध्रने हो भने हामी पनि गोली चलाउँछौँ त भन्दिन । बालुवाटार घेरेर भात पानी बन्द गरिदिन सक्छौँ ,’ लिङ्देनले भने, ‘यो कुरा याद राख ।’
अहिलेको जनता मूर्ख भएर नबस्ने भन्दै उनले सूचनालाई कसैले पनि मुठ्ठिमा राख्न नसक्ने जिकिर गरे ।‘अब जनता मूर्ख भएर बसिराख्दैन । सूचना प्रविधिको यति विकास भएको छ । अब सूचनालाई कसैले आफ्नो मुठ्ठिमा राख्न सक्दैन,’ लिङ्देनले भने ।
उनले आफूहरू सल्लाह गरेरै विद्रोहमा जाने पनि जिकिर गरे । ‘विद्रोह नै गरेर जाऔँ भन्नुहुन्छ भने हामी सल्लाह गरेरै जान्छौँ, झुक्याएर जान्दैनौँ,’ लिङ्देनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ चैत्र २०८१, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : राजेन्द्र लिङ्देन
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल
राजावादीहरूसँग सरकार डरायो : राजेन्द्र लिङ्देन
४० वर्ष मुनिका युवासँग साक्षात्कार गर्दै राप्रपा अध्यक्ष लिङ्देन
जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न सरकारलाई बाध्य बनाउनुपर्छ: राजेन्द्र लिङ्देन