यसकारण नाङ्गै सुत्नुहोस्

एजेन्सी

आइतबार, २५ कार्तिक २०७५, १४ : ३२
यसकारण नाङ्गै सुत्नुहोस्

स्वस्थ रहन राम्रो र मीठो निद्रा आवश्यक छ । मीठो निद्राका लागि कतिपय मानिस नग्न सुत्ने गर्छन् । कपडाबिना सुत्दा शरीरको तापक्रम अनुकूल रहन्छ। शरीरभित्रको तापक्रम पनि सन्तुलित रहन्छ ।

नग्न सुत्दा रक्तसञ्चार ठीक रहन्छ, सन्तुलित रहन्छ । जसले गर्दा तनाव कम हुने गर्छ । पूरै कपडा खोलेर सुत्दा विभिन्न छालासम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ । नग्न हुँदा शरीरले अक्सिजन राम्ररी पाउँछ ।
कपडाबिना सुतेमा शरीर अतिरिक्त तापक्रमबाट बच्छ । जसले गर्दा मीठो निद्रा लाग्छ । शरीरको तापक्रम नियन्त्रित रहन्छ । जसको आवश्यकता दिमागलाई हुन्छ ।
नग्न सुत्नु महिला र पुरुष दुवैका लागि फाइदाजनक छ । लुगाबिना सुत्दा पसिना आउने भागमा संक्रमण हुने खतरा कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस