Safal Khabar - प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता : राजनीतिक सहमतिमा मात्र प्रदेश प्रमुखहरु नियुक्त गर्न आग्रह
आइतबार, २९ मङि्सर २०७६ (Sunday, 15 December, 2019)
प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता : राजनीतिक सहमतिमा मात्र प्रदेश प्रमुखहरु नियुक्त गर्न आग्रह
मङ्गलबार, १८ पुष २०७४, १७ : ३९
प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता : राजनीतिक सहमतिमा मात्र प्रदेश प्रमुखहरु नियुक्त गर्न आग्रह

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्  ।
मंगलबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमूखको नियुक्ति राजनीतिक सहमतिका आधारमा मात्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको प्रचण्डका प्रेस  संयोजक मनहरि तिमल्सिनाले जानकारी दिए ।

भेटमा अध्यक्ष प्रचण्डले सरकार र निर्वाचन आयोगले बिलम्व गर्दा नयाँ सरकार गठनमा ढिलाई भएको भन्दै छिटोभन्दा छिटो राष्ट्रिय सभाको निर्वाचन गर्न र राजनीतिक सहमति गरेर मात्र प्रदेश प्रमूख नियुक्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

भेटमा प्रधानमन्त्री देउवाले छिटै राष्ट्रिय सभाको निर्वाचन गर्न निर्वाचन आयोगसँग परामर्श गर्न लागेको जानकारी दिँदै आफू राजनीतिक सहमतिकै आधारमा अघि बढ्ने जानकारी गराएका थिए ।

Yeti Diistillery
nic asia

प्रतिक्रिया दिनुहोस