एजेन्सी । इजरायलले पछिल्लो समय गाजामा गरेको हवाई आक्रमणमा ५० जनाको ज्यान गएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मध्य गाजाका डेर अल बजा लगायत ५ गाउँका बासिन्दालाई आफ्नो स्थान छाड्न भनेका छन्। त्यसै स्थानबाट रकेट आक्रमण भएको भन्दै नेतनान्याहुले सो उर्दी जारी गरेका हुन्।
यसैगरी अमेरिकाले यमनमा आक्रमण जारी राखेको छ। राजधानी सानामा भएको आक्रमणमा चार जनाको ज्यान गएको जनाइएको छ।
गाजाको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म इजरायलको हवाई आक्रमणमा ५० हजार ६९५ जनाको ज्यान गइसकेको बताएको छ। यसै गरी एक लाख १५ हजार ३३८ जना घाइते भएको पनि जनाइएको छ।
खान युनिस नजिक रहेको सञ्चारकर्मीको सेल्टरमा पनि इजरायलले आक्रमण गरेको जनाइएको छ।
इजरायली सेनाले क्वालीन्देहमा रहेको शरणार्थी शिविरमा समेत छापा मारेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २५ चैत्र २०८१, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा इजरायली सेनाद्वारा ५० प्यालेस्टिनीको हत्या
गाजामा युद्धविराम र बन्धक रिहाइको माग गर्दै इजरायलमा हजारौँ मानिस सडकमा
गाजामा इजरायली सेनाद्वारा ३० प्यालेस्टाइनीको हत्या
गाजामा भएको आक्रमणमा सय जनाको मृत्यु
गाजामा कुपोषणका कारण थप ११ जनाको मृत्यु
गाजामा अत्यावश्यक सामग्रीको चरम अभाव, राहत ढुवानीमा ढिलाइ