एजेन्सी । लामो विवाद र बहसमपछि भारतमा वक्फ संशोधन विधेयकले अन्तत: कानुनको रूप लिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार मध्यरात लोकसभा र बिहीबार मध्यरात राज्यसभाबाट पारित वक्फ संशोधन विधेयक भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले शनिबार राति स्वीकृत गरेकी हुन्।
यो भारतमा शताब्दीयौँदेखि मुस्लिमहरूले दान गरेका अर्बौँ डलर मूल्यका सम्पत्ति व्यवस्थापनसम्बन्धी विधेयक हो।
भारत सरकारले राजपत्र जारी गर्दै अब यसले ऐनको रूप लिएको जानकारी दिएको हो। तर यो ऐन कहिलेदेखि लागू हुन्छ भन्ने जानकारी दिइएको छैन।
विपक्षी दलहरूले भने वक्फ संशोधन विधेयक अल्पसंख्यकहरूको धार्मिक स्वतन्त्रतामा आक्रमण भनेका छन्।
विधेयकविरुद्ध तीन विपक्षी दलका सांसदले सर्वोच्च अदालतमा निवेदनसमेत दिएका छन्।
कंग्रेसका किशनगंज सांसद मोहम्मद जावेद, आम आदमी पार्टीका विधायक अमानतुल्लाह खान र एआईएमआईएमका सांसद असदुद्दिन ओवैसीले सर्वोच्चमा मुद्दा हालेका हुन्।
भारत सरकारले भने वक्फ भनिने मुस्लिम सम्पत्तिको व्यवस्थापनलाई यसले अझ पारदर्शी बनाउने लक्ष्य राखेको दाबी गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ चैत्र २०८१, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता
विधायन व्यवस्थापन समितिमा जलस्रोत विधेयकमाथि दफावार छलफल हुँदै
भूमि विधेयकबारे कांग्रेस महामन्त्री थापा र प्रमुख सचेतक घिमिरेसँग गृहमन्त्रीको छलफल
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
मन्त्री गुप्ताले राष्ट्रिय सभामा निजामती विधेयक पेस गर्ने
कर्मचारी विधेयक सधैँको सकस