काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदार मुन्नु कुमार दास र लेखापढी कानून व्यवसायी जिवछ महतोसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको आरोपमा उनीहरू पक्राउ परेका थिए । आयोगले आफ्नो तर्फबाट अनुसन्धान सकेर शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
आयोगले उनीहरूले घुस लिए बराबरको रकम ३५ हजार बिगो जरिवाना र भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधनसहित) को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय समेत मागदाबी गरिएको छ ।
उनीहरूले जग्गाको ट्रायल चेक एवं क्षेत्रफल सुधार गरी लालपूर्जा बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरी लिएको पुष्टि भएकाले दीपेन्द्र नारायण चौधरी, मुन्नु कुमार दास र जिवछ महतोविरुद्ध आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ चैत्र २०८१, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरकानुनी रूपमा एक करोड बढी आर्जन गर्ने नापी अधिकृतविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन
भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको संख्या तेब्बरले वृद्धि
घुससहित पक्राउ परेका अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाका उम्मेदवार चौधरीसहित नौ जनालाई अख्तियारले बोलायो