बाग्लुङ। बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटिया बजारदेखि कोटमैदान जाँदै गरेको ग१ज ६१०० नम्बरको पिकअप दुर्घटना हुँदा गलकोट नगरपालिका–११ रिघाका २२ वर्षीय विष्णु रानाको मृत्यु भएको हो ।
दुर्घटनामा गलकोट–५ सर्दाखेतका २२ वर्षीय राजन विक, वडा नम्बर ४ डाँडाखेतका १९ वर्षीय रमेश सुनार र वडा नम्बर ३ बोहराफाँटका १९ को अशोक बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
पिकअपमा चारजना सवार रहेको उनको भनाइ छ । घाइते तीन जनाको गलकोट नगर अस्पतालमा उपचार भइरहेको यादवले जानकारी दिए । चैतेदशैं मेलाका लागि कोटमैदान जाँदै गर्दा पिकअप दुर्घटनामा परेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० चैत्र २०८१, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन