एजेन्सी । एभर्टनलाई हराउँदै लिभरपुलले इङ्लिस प्रिमियर लिगको उपाधि होडलाई थप बलियो बनाएको छ।
बुधबार राति एनफिल्डमा भएको खेलमा एभर्टनलाई १–० गोल अन्तरले हराउँदै लिभरपुलले उपाधि जित्ने सम्भावना बलियो बनाएको हो।
खेलको ५७ औँ मिनेटमा डिएगोल जोटाको निर्णायक गोलमा लिभरपुलले एभर्टनलाई पराजित गरेको हो।
लिगको ३० खेलबाट ७३ अंक बनाएको लिभरपुलले शीर्ष स्थानको आर्सनलसँग १२ अंकको स्पष्ट अग्रता बनाएको छ। दोस्रो स्थानको आर्सनलको समान खेलबाट ६१ अंक छ।
गएराति नै भएको अर्को खेलमा एस्टोन भिल्लाले ब्राइटनमाथि ३–० को फराकिलो जित हात पारेको छ भने म्यानचेष्टर सिटीले लेस्टर सिटीलाई २–० ले पाखा लगाएको छ।
त्यसैगरि इप्सविच टाउनले वर्नमाउथलाई २–१ ले हराउँदा न्युक्यासलले भने ब्रेन्टफोडमाथि २–१ को जित दर्ता गर्यो। साउथहेप्टन र क्रिस्टल प्यालेसले भने १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २० चैत्र २०८१, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा चेल्सीको पहिलो जित
इङ्लिस प्रिमियर लिग: लिभरपुलको अपराजित यात्रामा पूर्णविराम
इङ्लिस प्रिमियर लिग : आर्सनल र नटिङघम फरेस्ट विजयी
इङ्लिस प्रिमियर लिग: लिभरपुल र एभर्टनले अंक बाँडे
इङ्लिस प्रिमियर लिग: लिभरपुलको फराकिलो अग्रता